शैक्षिक सहकार्यका लागि दुई विश्वविद्यालय बिच सम्झौता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शैक्षिक सहकार्यका लागि दुई विश्वविद्यालय बिच सम्झौता


१७ श्रावण २०७८, आइतबार


सुर्खेत । शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबिच सम्झौता गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता सन् २०२१ मे १९ मा भए पनि केही प्राविधिक कुरामा थप सहजीकरण गरिएपछि आज सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएको छ । दुई विश्वविद्यालयबिच अनुभव तथा वैज्ञानिक ज्ञान आदान–प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको वृत्ति विकासका साथै समाज सेवामा योगदान पुर्‍याउनु उक्त सम्झौताको उद्देश्य रहेको जनाइएको छ ।

त्यस्तै दुई राष्ट्रबिच आपसी सांस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने र दुवै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुको आदान–प्रदानका साथै शैक्षिक सम्बन्ध बढाउने पनि सम्झौतामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस