भारतबाट विवाह गरी आएका पाँच महिलाले पाए अङ्गीकृत नागरिकता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतबाट विवाह गरी आएका पाँच महिलाले पाए अङ्गीकृत नागरिकता


१० श्रावण २०७८, आइतबार


सुर्खेत । भारतबाट विवाह गरी आएका पाँच महिलाले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ बमोजिम सुर्खेतमा एक आर्थिक वर्षमा नेपालमा विवाह गरी आएका पाँच महिलाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

पाँचै जना महिलालाई नागरिकता ऐन र अनुसूची बमोजिम विवाह दर्ता, पतिको नागरिकता, वडाको सिफारिस, शपथ पत्र र विदेशस्थित नागरिकता भए त्यागेको प्रमाणसहित कार्यालयले वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत श्री शमशेर रानाले बताए ।

रानाका अनुसार सुर्खेत बराहताल गाउँपालिका–१० की २८ वर्षीया पार्वती पुन मगर, लेकवेशी नगरपालिका– १ की ३६ वर्षीय मेरी कामी, वीरेन्द्र नगरपालिका–१० की ३६ वर्षीया राजकुमारी गुरुङ खाँ र २७ वर्षीया साजिया इद्रिस वडा नम्बर १४ की ४७ वर्षीया कमला राष्कोटीले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् ।

भारतको कर्नलगंज उत्तर प्रदेशबाट नागरिकता लिएकी साजिया इद्रिसले गत अषाढ ३१ गते भारतको नागरिकता त्यागेर नेपालको वैवाहिक नागरिकता लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस