बाँदरको भेषमा युवा सङ्घद्वारा प्रदर्शन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बाँदरको भेषमा युवा सङ्घद्वारा प्रदर्शन


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा सङ्घ नेपालका कार्यकर्ताले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

उनीहरुले बाँदरको जस्तो मुकुन्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसैको विरोधमा युवा सङ्घले लगातार प्रदर्शन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस