प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्न आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्न आग्रह


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्न आग्रह गरेको बताएका छन् ।

पार्टी कार्यालयमा धर्नाका कारण बालुवाटारमा पार्टीको बैठक भएको भन्दै अबदेखि त्यस्तो नगर्न आग्रह गरेको नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

उनले ट्विटरमार्फत भनेका छन्, ‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ। उहाँलेपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ। यो विश्वासलाई कायम राखिदिनु होला।’

Tags :
प्रतिक्रिया दिनुहोस