प्राविधिक प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्राविधिक प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक


२ श्रावण २०७८, शनिबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी जवानको लिखित परीक्षा प्रकाशित भएको छ । लोक सेवा आयोगले गत वर्ष मङ्सिरमा लिएको प्राविधिक इन्जिनियरिङ(सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधार, सवारी, डग हेण्डलर, हातहतियार, स्वास्थ्य, विधि विज्ञान, सङ्गीत,) को परीक्षाफल प्रकाशित भएको हो ।

सञ्चारतर्फ ६४२, सूचना प्रविधितर्फ ६८, भौतिक पूर्वाधारतर्फ ३७ जना, सवारीतर्फ ६३ जना, डक हेण्डलरतर्फ ८१ जना, हातहतियारतर्फ १९ जना, स्वास्थ्य तर्फ ५६ जना, विधि विज्ञान तर्फ १७ जना, सङ्गीत तर्फ १८० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको प्रयोगात्मक तथा अन्तर्वार्ताका लागि यही साउन ३ गते सूचना प्रकाशित गरिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

नतिजा नामावली

Tags :
प्रतिक्रिया दिनुहोस