काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ । सोमबारका लागि बोलाइएको बैठक एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको सहमति आउन ढिलाइ भएपछि आज बेलुकी ५ बजे बोलाइएको हो ।
करिब एक सातको कसरतपछि कार्यदल हिजो सोमबार सहमतिमा पुगेको हो । कार्यदल १० बुँदे सहमति पत्र जारी गर्दै सोमबार राति अबेर सहमतिको टुङ्गो लगाउन सफल भएको छ । उक्त सहमतिले एमालेभित्र उत्साह जगाएको छ ।
आज बस्ने स्थायी कमिटी बैठकबाट कार्यदलको सहमति अनुमोदन गर्ने तयारी छ । स्थायी कमिटी बैठक अघि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।
आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दाको फैसला गर्ने सम्भावना पनि रहेको छ ।