मन्त्रिपरिषद् बैठक जारी, सचिव बढुवालगायत विषयमा निर्णय हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्रिपरिषद् बैठक जारी, सचिव बढुवालगायत विषयमा निर्णय हुने


प्रशासन संवाददाता

२४ असार २०७८, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ।

बिहीबार(आज) ६ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकले प्रशासनतर्फ एक सचिवको बढुवालगायत अन्य केही महत्त्वपूर्ण निर्णयहरू गर्दैछ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहान सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरण राज शर्माको नाम सिफारिस गरेको थियो । यीमध्ये एक जना सचिवमा बढुवा हुनेछन् ।

सम्बन्धित समाचार: सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

यसअघिका बढुवामा पहिलो नम्बरमा सिफारिसलाई नै सचिव बढुवा गरेकोले आजको बढुवामा पनि पहिलो नम्बरमा सिफारिस कृष्णहरि पुष्करलाई नै सचिव बनाउन सक्ने सम्भावना रहेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई जानकारी दियो ।

Tags :
प्रतिक्रिया दिनुहोस