रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढ्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढ्दै


३ असार २०७८, बिहिबार


सप्तरी । राष्ट्रियसभामा नेकपा (एमाले) संसदीय दलका नेता सुमनराज प्याकुरेलले नेपाली कांग्रेसका नेताहरुबाट दलीय व्यवस्थाको मूल मर्ममाथि नै प्रहार भइरहेको बताएका छन् ।

सदरमुकाम राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकार सञ्चालन र समाज विकासमा फरक विचार हुनु स्वाभाविक भए पनि संसदीय व्यवस्थामा संसद्लाई स्वतन्त्र र निर्दलीय चरित्रका रुपमा व्याख्या गर्नु कांग्रेसको गम्भीर गल्ती भएको बताए ।

‘लोकतान्त्रिक बहुदलीय व्यवस्थामा सरकारको समर्थन र विरोध दलको वैधानिक निर्णयबाट हुन्छ’, प्याकुरेलले प्रश्न भने, ‘दलको अनुशासन सांसद सदस्यमा लागु हुन्छ कि हुँदैन कांग्रेसले उत्तर दिनुपर्छ ।’

नेता प्याकुरेलले तराई मधेशका लागि वर्तमान सरकारले झैँ अन्य कुनै सरकारले कहिल्यै कार्यक्रम नल्याएको जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीकै सोच र प्रदेश २ को सभामा गरिएको प्रतिबद्धतानुरुप रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढेको र सबैको प्रयासबाट प्रतिष्ठानका लागि ६२ बिघा जग्गा स्वीकृतसमेत भएको बताउँदै डिपिआरको काम चाँडै शुरु हुने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस