आज देशभरको मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज देशभरको मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा हुने स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दिउँसो देशभरको मौसम बदली रहनेछ। धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

यस्तै, साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक दुई दिनमा मनसुनको आगमन हुनेछ।

देशको पूर्वी भू–भागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। शुक्रबार बिहान देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस