काठमाडौँ । प्रहरीले कीर्तिपुर नगरपालिका–३ ढल्पामाबाट चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका–१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्नासहित दुईजना रहेका छन् ।
गोप्य सूचानाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छालासहित उनीहरुलाई पक्राउ गरेको हाे। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।