मिर्गौला पीडितलाई १६ लाख « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मिर्गौला पीडितलाई १६ लाख


१५ जेष्ठ २०७८, शनिबार


तनहुँ । व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ ।

क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई रु १६ लाख १५ हजार सहयोग गरिएको हो । क्लबले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न संस्था, विदेशमा रहेका शुभचिन्तकबाट सो आर्थिक सङ्कलन गरेको जनाएको छ ।

एक साता लम्बियो निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिकोे बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर यही जेठ २२ गते सम्म लम्ब्याएको हो ।

सङ्क्रमितहरुको सङ्ख्या बढ्दै जादाँ कोरोना महामारीको जोखिम पनि यथावत रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस