काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बाँकेमा वैशाख १३ गतेदेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोे भन्दै आज (सोमबार) बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालद्वारा जारी आदेश जारी गर्दै जेठ १७ गते सम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी दिए ।
जिल्ला प्रशासनदारा जारी आदेशमा बाँकेमा कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जेठ १७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने जनाइएको छ ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । यस्तै अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न पनि निषेध गरिएको आदेशमा उल्लेख छ ।
आदेशको अवज्ञा वा अवहेलना गर्ने तथा काममा बाधा पु¥याउने व्यक्तिलाई कानून बमोजिम कारबाही हुने समेत प्रशासनले चेतावनी दिएको छ ।