हावाहुरीले रुख ढल्दा एकको मृत्यु, केही घरका छाना उडायो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हावाहुरीले रुख ढल्दा एकको मृत्यु, केही घरका छाना उडायो


३० बैशाख २०७८, बिहिबार


कैलाली । कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति बर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिए । हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर निज कामीको मृत्यु भएको हो ।

यस्तै हावाहुरीले कैलारी गाउँपालिका– ५ का अंकित बोहराको दुई कोठे एक तले टिनले छाएको घरको छाना उडाई घरभित्र रहेको अन्नपात, टीभी, फंखामा क्षति भई अन्दाजी रु। ७० हजार बरावरको क्षति भएको छ ।

चौपाया तथा मानविय क्षति भने नभएको बताइएको छ । कैलालीको घोडाघोडी नगरपालिका– २ साँढेपानी बस्ने कनकबहादुर रोकायाको घरमा चट्याङ्गले बिद्युतको मिटरबक्स, वाईरिङ, तारहरु जलेर नष्ट भएको छ । प्रहरी नायव उपरिक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका पोलमा क्षति गरेको छ । उनले जिल्लामा के कती क्षती भएको छ भने अझै घटनाको बिस्तृत बिवरण आउँन बाँकी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस