काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि राज्यकोबाट बाट पारिश्रमिक लिने सबैको सुविधा स्थगित गर्न सरकारलाई सुझाव दिएका छन् । उनले कोरोना सङ्क्रमित बिरामीका लागि न्यूनतम अक्सिजन र बेड पनि दिन नसक्दा लाज लागेको भन्दै कोभिडविरुद्धको लडाइँमा खटेकाहरूबाहेक अन्यको सुविधा रोकी कोभिड उपचारमा लगाउन सुझाव दिएका हुन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत सरकारलाई चार बुँदे सुझाव राख्दै उनले भनेका छन्,‘बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौँ । यस्तो संवेदनशील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलहरूले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्न सक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्दछ ।’
कोरोनाविरुद्धको लडाइँमा आर्थिक अभाव हुन नदिन अन्य शीर्षकका बजेट पनि कोभिडमै केन्द्रित गर्नुपर्ने, छिटो प्रक्रियाबाट थप जनशक्ति भर्ना गर्नुपर्ने, भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्ने सुझावसमेत भट्टराईले दिएका छन् ।
यस्ता छन् सुझाव :