पशुपति चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पशुपति चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्‍य तथा दोलखा निवासी पशुपति चौलागाईँको निधनमा तीन दिनसम्‍म पार्टीको झण्डा झुकाउने भएको छ ।

पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै वैशाख २९ गतेदेखि तीनदिनसम्‍म पार्टी केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने र तीन दिनसम्‍म शोक पुस्तिका राखिने जनाइएको छ ।

पार्टी जिल्ला कार्यालयहरुमा पनि वैशाख २९ गतेदेखि तीनदिनसम्‍म पार्टीको झण्डा आधा झुकाउन पार्टीले निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस