कर्णाली : २४६ कोरोना जितेर फिर्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्णाली : २४६ कोरोना जितेर फिर्ता


२५ बैशाख २०७८, शनिबार


कर्णाली । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना सङ्क्रमण जितेर घर फर्केका छन् ।

सङ्क्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतका ११०, दैलेखका ६७, सल्यानका २९, कालीकोटका १८ तथा जाजरकोट र रुकुम(पश्चिम) बाट ११/११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा .रवीन खड्काले जानकारी दिए।

यससँगै कर्णालीमा सङ्क्रमण जितेर घर फर्कने आठ हजार ४४ पुगेका छन् । त्यसै गरी कोरोना सङ्क्रमणबाट आज वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ६७ वर्षीय र छत्रेश्वरी गाउँपालिका २ सल्यानका ५० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएसँगै कर्णालीमा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुगेको छ ।

तीन हजार ८१८ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस