साइकल गस्तीमा हिँडेका प्रहरी सहायक निरीक्षकको चट्याङ लागेर मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

साइकल गस्तीमा हिँडेका प्रहरी सहायक निरीक्षकको चट्याङ लागेर मृत्यु


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ। सोमबार राति १० बजेतिर साइकल गस्तीमा हिँडेका बेला भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी सो चौकीका प्रमुखसमेत हुन्। गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको थियो । चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस