बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर


१३ बैशाख २०७८, सोमबार


बैतडी। बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।

सोमबार बिहान ५ः५० बजे पाटन नगरपालिकाको हिरापुर भन्ने स्थानमा कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको, दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्स्पेक्टर किशोर ऐरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ५५ वर्षीय देवीलाल जोशी छन् । चालक र अर्का एक जनाको अवस्था भने गम्भीर रहेको प्रवक्ता ऐरीले बताए । घाइते सबै जनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ । घटनाको कारण खुल्न बाँकी रहेको प्रवक्ता ऐरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस