रेडियो नेपालका कार्यकारी निर्देशक केसी सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रेडियो नेपालका कार्यकारी निर्देशक केसी सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित भएका छन् ।

गत बर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारद्वारा सिफारिस गरिएअनुसार आज कार्यकारी निर्देशक केसीसहित ४ सय ५० जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गरेकी हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र विज्ञानमा स्नातकोत्तर गरेका कार्यकारी निर्देशक केसीले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।

त्यसै गरी रेडियो नेपालका वरिष्ठ सङ्गीत संयोजक नारायण ओली प्रबल जनसेवाश्री चतुर्थ पदकबाट विभूषित भएका छन् ।

गत वर्ष विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट १ सय १२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २ सय, जनसेवाश्री प्रथमबाट १ सय १०, अलङ्कारतर्फ १ सय ५५ र पदकतर्फ २८ गरी ६ सय ३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४ सय ५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि आजै सुशोभन गरिएको छ । आज बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृह सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस