अमेरिकामा बन्दुक आतंकः एकै परिवारका पाँचजनाको गोली हानी हत्या « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिकामा बन्दुक आतंकः एकै परिवारका पाँचजनाको गोली हानी हत्या


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । अमेरिकाको साउथ क्यारोलाइनामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ ।

दुई बालबालिकासहित पाँचजनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । ७० वर्षका डा. रोबर्ट लेस्ली, उनकी श्रीमती ६९ वर्षकी बारबरा लेस्ली नातिनातिनी ९ वर्षकी अदा लेस्ली र पाँच वर्षका नोआ लेस्ली तथा ३८ वर्षका कामदार जेम्स लुइसको आक्रमणमा ज्यान गएको हो ।

नर्थ क्यारोलाइनाको चार्लोटबाट ४८ किलोमिटर पर साउथ क्यारोलाइनाको रक हिल स्थित घरमा उनीहरुको शव फेला परेको हो । राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण सम्बन्धी नयाँ नियम ल्याउने घोषणा गरेका बेला आक्रमणको यो घटना भएको हो ।

उनीहरुको बुधबार बेलुका हत्या भएको अधिकारीले बताएका छन् । हत्या गर्ने व्यक्तिको नाम फिलिप एडम्स रहेको प्रहरीले जनाएको छ । उनी पूर्व एनएफएल खेलाडीसमेत रहेको प्रहरीले जनाएको छ । ३२ वर्षका एडम्सको पनि मृत्यु भैसकेको छ ।

हत्या गरिएका डाक्टरको घर नजिकै एडम्सका अभिभावक बस्ने गरेको र उनी त्यहिँ गएका थिए । प्रहरीले एडम्सलाई बाहिर निकाल्न प्रयास गरिरहेका बेला उनले बेडरुममै आफूमाथि गोली प्रहार गरेका हुन् ।

एडम्सले किन आक्रमण गरे भन्ने खुलेको छैन । डा। लेस्लीले विगतमा एडम्सको उपचार पनि गरेको एक स्थानीयले नाम नबताउने शर्तमा समाचार संस्था एपीलाई जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस