सिंगटी हाइड्रोको आईपीओ भोली बाँडफाँड हुँदै, साढे १२ लाखभन्दा बढीको हात खाली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिंगटी हाइड्रोको आईपीओ भोली बाँडफाँड हुँदै, साढे १२ लाखभन्दा बढीको हात खाली


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले आफ्नो कार्यालयमा भोली बिहान ११ आईपीओ बाँडफाँड हुने जनाएको छ ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्री गरेको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

आइपिओका लागि माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण हुनेछ। त्यस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्।

बाँकी साढे १२ लाखभन्दा बढी आवेदकले भने शेयर पाउने छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस