चीनले उपलब्ध गराएको खोप ४० वर्ष देखि माथिकालाई लगाउने सरकारको निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चीनले उपलब्ध गराएको खोप ४० वर्ष देखि माथिकालाई लगाउने सरकारको निर्णय


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ। चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । यद्यपि, खोप कहिलेदेखि लगाउने भन्ने मिति भने तय भैसकेको छैन ।

उक्त खोप चैत १६ गते नेपाल ल्याइएको थियो । राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइने समेत गौतमले बताए ।

भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो । तर चीनले उपलव्ध गराएको ८ लाख डोज भेरोसेल खोप भने लगाउने निर्णय भएको थिएन । अहिलेसम्म नेपालमा १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस