डोटी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको मङ्गलवार बिहान निधन भएको छ ।
रावलको काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए ।
लामो समयदेखि रक्तचापले ग्रसित रावललाई ४ दिन अघि ब्रेन हेम्ब्रेज भएको थियो । उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
रावलको सवलाई काठमाडौँबाट कैलाली घर ल्याई दाहसंस्कार गर्ने कार्यक्रम रहेकोसमेत प्रशासकीय अधिकृत शर्माले जानकारी दिएका छन्
रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।