आजको मौसम कस्तो हुने ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आजको मौसम कस्तो हुने ?


प्रशासन संवाददाता

५ चैत्र २०७७, बिहिबार


काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहेको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानमा भने, मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस