धनगढी । धनगढीको चटकपुरस्थित साविक नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा एमाले कार्यालय स्थापना गर्ने क्रममा बुधबार ईन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको छ ।
थापा पक्षले कार्यालयभित्र रहेको ईन्चार्ज रावलको कार्यकक्षको ढोकामा रहेको नाम प्लेट हटाएर लेखराज भट्टको नाम प्लेट टाँसेपछि दुवै पक्षका युवा कार्यकर्ताहरुबीच झडप भएको हो ।
रावलको प्लेट हटाएपछि हात दुई पक्षबीच हालाहाल भएको युवासंघका दिपक सिंहले बताए । बुधबार बिहान रावल पक्षीय कार्यकर्ताले नेकपा (एमाले) को बोर्ड टाँसेका थिए । दिउँसो अध्यक्ष थापा नेतृत्वको समूहले उक्त बोर्ड हटाएर अर्को बोर्ड झुण्ड्यायो । रावल वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र थापा ओली समर्थन हुन् ।
सर्वोच्च अदालतको फैसलापछि साविकको नेकपाबाट ओली र नेपाल समूह दुबै पूर्ववत् एमालेमा फर्किए पनि नेता कार्यकर्ताहरुमा पुरानो तुष देखिएको छ ।