अब औद्योगिक क्षेत्र फस्टाउँछन् : मन्त्री भट्ट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अब औद्योगिक क्षेत्र फस्टाउँछन् : मन्त्री भट्ट


६ मंसिर २०७७, शनिबार


भजनी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताए ।

कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उनले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए । उनले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने छ ।

यसमा पनि यस क्षेत्रमा सार्वजनिक जग्गाको पनि कमी छैन, ‘मन्त्री भट्टले भने, ‘सडक सञ्जाल अव्यवस्थित भएकाले व्यवस्थित गर्न जरुरी छ । सडक व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छ ।’ कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालन गर्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस