काठमाडौँ । सुकुम्वासीलाई जग्गा पुर्जा बनाइदिने भन्दै घुस लिने दाङको मालपोत कार्यालयका कार्यालय सहयोगी (अस्थायी करार) रंगेहात पक्राउ परेका छन् ।
शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मीनराज गैरेलाई तीन लाख २० हजार घुससहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले तुलसीपुर उपमहानगरपालिका वडा न ६ मा रहेको मालपोत कार्यालयबाट पक्राउ गरेको हो ।