काठमाडौँ । भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । गास्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रिपब्लिक टीभीका प्रधान सम्पादक अर्नव गोस्वामी पक्राउ परेको उक्त टेलिभिजनले पनि पुष्टि गरेको छ ।
आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।
बुधबार बिहान प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेका हुन् । करिब १५ जना प्रहरी अधिकारी अर्नवको निवास पुगेका थिए ।
प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए ।