लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खान नियुक्त « प्रशासन
Logo २७ जेष्ठ २०८१, आइतबार
   

लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खान नियुक्त


१८ कार्तिक २०७७, मंगलबार


बुटवल । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१)को अधिकार प्रयोग गर्दै बाँकेका सुरेन्द्र हमाललाई हटाएर रुपन्देही ५(२) बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका हुन् ।

खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको नेता कनौडियाले जानकारी दिए ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस