कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था गम्भिर, ग्राण्डी अस्पतालको आइसियूमा उपचार हुँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था गम्भिर, ग्राण्डी अस्पतालको आइसियूमा उपचार हुँदै


१४ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । कोरोना भाइरस संक्रमण देखिएका नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भिर देखिएको छ ।

उनमा गत कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो। गत एक सातादेखि उनी आइसियूमा उपचाररत छन्।

पछिल्लो तीन दिनदेखि ग्राण्डी अस्पतालको आइसियूमा राखेर उनको उपचार भइरहेको आफन्तले जानकारी दिए । यसअघि तीन दिन उनी अर्कै अस्पतालमा थिए।

उनको फोक्सोमा निमोनिया भएको जानकारी चिकित्सकहरूले दिएको आफन्तले बताए । कोरोना पुष्टि भएपछि केही दिन उनी होम आइसोलेसन बसेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस