अवैध काठसहित दुई पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अवैध काठसहित दुई पक्राउ


१ भाद्र २०७७, सोमबार


कैलाली । कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

गोदावरी नगरपालिका– ९ स्थित भित्री सडकबाट राँगा डल्लवमा तिन गोलीया सालको काठ लगी रहेको अवस्थामा राँगा, डल्लवसहित धनगढी उपमहानगरपालिका –११ बेलाका मुन्ना चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

सोही नगरपालिकाको वडा नं ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घर कोठामा लुकाइछिपाइ राखेको अवस्थामा सिसमका विभिन्न साइजको ८१ थान कडी, ९१ थान फ्रेम र सालका १६ थान कडी र २२ थान फ्रेम बरामद गरिएको बताइएको छ ।

बरामद गरिएका काठ, मोटरसाइकल, राँगा, डल्लवसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस