विष खुवाएर मान्छे मारेको आरोपमा तीन पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

विष खुवाएर मान्छे मारेको आरोपमा तीन पक्राउ


८ जेष्ठ २०७७, बिहिबार


डोल्पा । विष खुवाएर मान्छे मारेको आरोपमा तीनजना पक्राउ परेका छन् । गत जेठ २ गते विष खाएर एकै परिवारका एक जनाको ज्यान गएको थियो भने दुई जनाको हाल उपचार भई रहेको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका १ तल्लीका ३२ बिषका शुकलाल कुलालको विष सेवनबाट जिल्ला अस्पतालमा मृत्यु भएको थियो । सँगै विष सेवन गरेका उनकी दुई श्रीमतीको हेलिकप्टरबाट सुर्खेत लगि उपचार भइरहेको छ ।

चैत्र २ गते राति शुकलालकै घरमा खानामा विष राखेर खुवाउने त्रिपुरा सुन्दरी नगरपालिका १ रल्लीका ४१ वर्षका ओमबहादुर शाही,सोही वडा गल्ली ३० वर्षका जयबहादुर कठायत र सोही वडाकै ३७ वर्षीय धन बुढालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ गरेका तीनै जनालाई म्याद थप गरी थप अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

डिएसपी रञ्जितकारका अनुसार उनीहरू शुकलाल कुलाको परिवारलाई ज्यान मार्ने उद्देश्यले डोल्पाकै पाटनमा पाइने विष (बिख) खानामा मिलाएर खुवाएको भन्ने प्रमाण सहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको बताए ।

बिस सेवनबाट शुकलाल कुलालको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गर्दा उनीहरू शङ्कास्पद देखिएपछि पक्राउ गरेको र उनीहरूको साथबाट बिषको बोट सहित विष घोलिएको बोतल र अन्य सामाग्रीहरूसमेत बरामद भएको डिएसपी रञ्जितकारले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मार्ने उद्योग सम्बन्धीको ऐन अनुसार कारावाही हुने भएकोले सर्वस्वसहित जन्म कैदको सजायसम्म हुने व्यवस्था रहेको छ ।

विष खुवाएर मान्छे मारेको डोल्पामा यो दोस्रो घटना हो । घटनाको अझै अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । तीन जना पक्राउ परेको बेलामा स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए । प्रहरीको सबैभन्दा छिटो अपराधी पत्ता लगाएको भन्दै स्थानीयले प्रहरीको प्रशंसा गरेका छन् । यो घटनाको दोषीलाई प्रहरीले पक्राउ गरेसँगै प्रहरीप्रति नागरिकको विश्वास बढी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस