कपिलवस्तु जेठ २० सम्म सिल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कपिलवस्तु जेठ २० सम्म सिल


५ जेष्ठ २०७७, सोमबार


कपिलवस्तु । कपिलवस्तु जिल्ला जेठ २० गतेसम्म पूर्ण रूपमा सिल गर्ने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिको सोमबार दिउँसो बसेको बैठकले सरकारले घोषणा गरेको लक डाउनको समय जेठ २० गते राती १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए ।

यस अवधिमा अति आवश्यकीय सवारी साधनबाहेक सबै सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको छ । अति आवश्यकीय समाग्रीहरु, खाद्यान्न र औषधी खरिदका लागि प्रत्येक सोमबार, बुधवार र शनिवार बिहान ७ बजेदेखि ९ बजेसम्म समय मिलाइएको प्रजिअ पौडेलले बताए ।

सिल उल्लंघन गरे स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) क र संक्रामक रोग ऐन २०२० दफा २ (१) बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राजमार्ग क्षेत्रमा चल्ने सवारी साधनहरूलाई भने जिल्लामा रोकेर कसैलाई चढाउन र झार्न नमिल्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस