बजेट अधिवेशन वैशाख २६ मा बोलाउने मन्‍त्रिपरिषद्को निर्णय « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बजेट अधिवेशन वैशाख २६ मा बोलाउने मन्‍त्रिपरिषद्को निर्णय


२१ बैशाख २०७७, आइतबार


काठमाडौं । मन्‍त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ।

आज(आइतबार) बसेको बैठकले वैशाख २६ गतेका लागि अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकाले अधिवेशन बोलाएको हो। बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ।

संसद बैठक कक्षको व्यवस्थापन कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गर्ने गरी गरिएको छ।

प्रतिक्रिया दिनुहोस