प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी नीरज बहादुर शाही « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी नीरज बहादुर शाही


१४ बैशाख २०७७, आइतबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक(डिआइजी) नीरज बहादुर शाहीलाई तोकिएको छ।

प्रहरी प्रधान कार्यालयले शाहीलाई आइतबार शाहीलाई प्रवक्ता तोकेको हो।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता शाहीलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस