कोरोना कोषमा युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडास्थित नेपाली विद्यार्थी सङ्गठनको एक लाख सहयोग « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोरोना कोषमा युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडास्थित नेपाली विद्यार्थी सङ्गठनको एक लाख सहयोग


२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडामा रहेको नेपाली विद्यार्थी सङ्गठनले एक लाख एक हजार एक सय ५० रुपैयाँ योगदान गरेको छ ।

अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडामाका नेपाली विद्यार्थी सङ्गठनले गरेको यो सहयोग रकम कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण(पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

विदेशमा रहे पनि मातृभूमि प्रतिको हाम्रो दायित्व पूरा गर्न र सरकार एक्लैले मात्र यो विश्वव्यापी संकटसँग जुध्न नसक्ने भएकोले सबै नागरिकले सरकारसँग हातेमालो गर्दै नागरिकको दायित्व निर्वाह गर्न यो सहयोग गरेको सङ्गठनका सभापति सबिन रेग्मीले बताएका छन् । उक्त रकम नेपालस्थित संयोजन गरिरहेका सुमन धितालमार्फत बिहीबार कोषलाई हस्तान्तरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस