चितवन । ज्वरो आएर अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।
गएराति १ बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्नाभएकी सिन्धुली हरिहरपुर गाउँपालिका २ की २६ वर्षीया उषा कुमारी राईको शुक्रबार बिहान ४ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
ज्वरो र निमोनियाकी बिरामी राईलाई हेटौंडाबाट रिफ गरी चितवनको भरतपुर अस्पताल ल्याईको हो ।
उनको थप रिपोर्ट आउन बाँकी छ ।