पाँच डीएसपीको सरुवा, को-कहाँ ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पाँच डीएसपीको सरुवा, को-कहाँ ?


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरूवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्ध सरूवा गरिएको छ । यस्तै बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा लगिएको छ ।

त्यस्तैगरी डीएसपी मदन कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । डीएसपी भरत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रौतहट र डीएसपी प्रतिक सिंह राठौरलाई सर्लाहीबाट प्रहरी प्रधान कार्यालय काज सरूवा गरिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस