६ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

६ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ


२० फाल्गुन २०७६, मंगलबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद गरेको छ ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो सुनको मंगलबारको बजारमूल्य ४ करोड २७ लाख बराबर रहेको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस