आज नेकपा सचिवालय बैठक बस्दै, अध्यक्षद्वयबीच बालुवाटारमा छलफल जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज नेकपा सचिवालय बैठक बस्दै, अध्यक्षद्वयबीच बालुवाटारमा छलफल जारी


१४ फाल्गुन २०७६, बुधबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज सचिवालयको बैठक बोलाएको छ ।बैठक बस्नु अघि बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड बीच छलफल चलेको छ ।

सचिवालयका अनुसार अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्‍धमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, गौतमलाई राष्ट्रिय सभामा लैजाने शनिबारको प्रस्ताव, संविधान संशोधनका लागि गठन गरिएको भनेको कार्यदलबारे छलफल केन्द्रित छ। त्यस्तै अध्यक्षद्वयबीच पार्टी एकताका टुंगिन बाँकी कामबारे पनि छलफल हुने छ।

शीर्ष नेताको छलफलपछि आजै ११ बजे सचिवालय बैठक बस्‍ने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस