सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज आफ्नो पदबाट राजीनामा दिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेपछि सभामुख सापकोटाले सो जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुमै कांग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले उहाँको राजीनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको बताए ।

सभामुख सापकोटाले शहरी विकासमन्त्रीसमेत रहेका बाँस्कोटाको राजीनामा आइसकेको जानकारी गराउँदै बैठक सञ्चालन गर्न आग्रह गरे पनि काँग्रेसका सांसद आसनबाट उभिइरहेपछि बैठक आजका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते अपराह्न १ः०० बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस