कांग्रेस उपसभापति गच्छदारको संसद्‍ पद स्वतः निलम्बन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कांग्रेस उपसभापति गच्छदारको संसद्‍ पद स्वतः निलम्बन


२२ माघ २०७६, बुधबार


काठमाडौँ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारको संसद पद स्वतः निलम्बित भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदारको संसद पद स्वतः निलम्बनमा परेको हो। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर भएपछि संसद्को पद स्वतः निलम्बनमा पर्ने उल्लेख गरेको छ।

अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि मुद्दा अन्तिम किनारा नलागेसम्म संसदको हैसियतमा उनी प्रतिनिधिसभामा जान पाउने छैनन्। अदालतबाट गच्छदार दोषी ठहरिए गच्छदार सम्पूर्ण राजनीति जिम्मेवारीबाट मुक्त हुनेछन्।

यसअघि भ्रष्टाचार मुद्दामा नेताहरु जेपी गुप्ता, चिरञ्जीवी वाग्ले र खुमबहादुर खड्का तानिएका थिए। उनीहरु दोषी ठहर भएपछि राजीतिक जीवन समाप्त भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस