यस्तो छ सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यस्तो छ सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधन


१४ पुस २०७६, सोमबार


काठमाडौँ । सरकारले सार्वजनिक खरिद(नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरेसँगै आज(सोमबार)को राजपत्रमा प्रकाशित भएको छ ।

म्याद थपिएको समयावधिभित्र पनि आयोजनाको निर्माण सम्पन्न नगरे सम्झौता भएको मितिदेखि क्षतिपूर्ति असुल गर्ने व्यवस्थासहित सरकारले नियमावली स्वीकृत गरेको हो ।

संशोधित नियमावलीमा ठेक्का लगाउँदा बोलपत्र खरिद गर्ने निर्माण व्यवसायीको आर्थिक एवं प्राविधिक क्षमता तथा कामका अनुभवका विषयमा स्वयं घोषणा गरी कागजात तथा विवरण पेश गर्दा पूर्व स्वयं घोषणा गर्ने व्यवस्था गरिएको छ । यस्तै अन्तिम ठेक्का सम्झौता गर्दा ‘लाइन अफ क्रेडिट’को सुविधा भएको बैंकको पत्र पेश गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

हेर्नुहोस्

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस