काठमाडौं । धनुषाका शैक्षिक संस्था आज बन्द गरिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएका हुन्।
संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा धनुषाका नीजि विद्यालय र क्याम्पस बन्द गर्न लागिएको बताइएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका–५ मा शनिबार बिहान अज्ञात समूहले राखेको बम विस्फोट भएको थियो ।
विस्फोटमा राजेश्वर साह, जनकपुरधामस्थित सिद्वार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत उनका १५ बर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।