स्काभेटर र टिप्परमा प्रेसरकुकर बम विस्फोट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्काभेटर र टिप्परमा प्रेसरकुकर बम विस्फोट


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । बुधबार राती सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकर बम विस्फोट गराएका छन् ।

मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएको को १ क.१४४० पीसी–२०० नम्बरको स्काभेटर, को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क। १५४६ नम्बरको टिप्परमाथि अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।

प्रहरीका अनुसार को १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर पूर्ण रुपमा क्षति भएको छ भने को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परको अगाडिको भागको सिसा फुटेको छ ।

घटनास्थल दुधौली चौकीबाट २५ किलोमिटर टाढा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस