धानबाली सखाप भएका किसानको विचल्ली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धानबाली सखाप भएका किसानको विचल्ली


१६ कार्तिक २०७६, शनिबार


नेपालगञ्ज । वर्षभरिको आयस्रोतका रुपमा रहेको धानबालीलाई फौजी किराले सखाप पारेपछि बाँके र बर्दियाका हजारौँ किसान परिवारको विचल्ची भएको छ । “हाम्रो त वर्षभरिको कमाई नै धान हो, त्यो पनि सखाप भएपछि बिहान बेलुका हातमुख जोर्न धौधौ भएको छ”, बाँके डुडुवा गाउँपालिका–६ का किसान रेखाउल्ला खाँले पीडा पोखे ।

अन्नको भण्डार भनेर चिनिने बाँके बर्दियाको धानबालीलाई फौजी किराले नोक्सान पुर्‍याएपछि पीडित किसानले तिनै तहको सरकारसँग सहयोगको गुहार लगाएका छन् । बाँके र बर्दियाका स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग क्षतिपूर्तिको माग किसानले राखेका छन् ।

केहि दिनअघि नेपालगञ्ज आउनुभएका प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेल र सङ्घीय सरकारका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसमक्ष पीडित किसानले ज्ञापनपत्र बुझाएर सहयोगको याचना गरेका थिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले, फौजी किराले बाँकेमा १७ हजार र बर्दिया दुई हजार हेक्टर धानबालीलाई क्षति पुर्‍याएको बताउ । उनका अनुसार पाँच हजार घरधुरीको विचल्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस