स्वास्थ्य जाँचपछि शिक्षण अस्पतालबाट फर्किए प्रधानमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वास्थ्य जाँचपछि शिक्षण अस्पतालबाट फर्किए प्रधानमन्त्री


२५ भाद्र २०७६, बुधबार


प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्। बुधबार विहान स्वास्थ्य जाँका लागि शिक्षण अस्पताल पुगेका उनको मुटुमा राखिएको क्याथेटर निकालिए पछि त्यहाँबाट फर्किएका हुन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले उनको मुटुमा राखिएको क्याथेटर निकालिदिएका हुन् । क्याथेटर निकाल्न १०-१५ मिनेट लोगेको र त्यसपछि उनी फर्किएको अस्पताल स्रोतले बताएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

उनको मुटु, मिर्गौला र हातको स्वास्थ्य जाँच गरिएको छ ।

उनका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालिएको बताएका छन् ।

उनको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरी यही २० गते स्वदेश फर्किएका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। सिंगापुरमा प्रमको सात पटक प्लाज्माफेरेसिस गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस