देशभर भारी वर्षाको सम्भावना, बाढीको उच्च सम्भावना, सचेत रहन सरकारको आग्रह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देशभर भारी वर्षाको सम्भावना, बाढीको उच्च सम्भावना, सचेत रहन सरकारको आग्रह


२६ असार २०७६, बिहिबार


काठमाडौं । बिहीबार र शुक्रबार देशभर भारी वर्षाको सार्थ बाढी आउनसक्ने सम्भावना उच्च रहेकाले सबैलाई सचेत रहन सरकारले आग्रह गरेको छ । साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरकारले आग्रह गरेको हो ।

विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने मौसमविदहरुको अनुमान छ । जसले नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनीसमेत दिइएको छ ।

विशेषगरी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना रहेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा हवाई र सडक यातायातमा समेत अवरोध आउने सम्भावना रहेको छ ।

यस्तो छ बाढी पूर्वानुमान महाशाखाको सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस