काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ।
विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने जनाइएको छ ।
४० वर्षपछि पहिलो पटक धावनमार्ग मर्मत गर्नका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिएको थियो।
चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएकोले अब विमानस्थल बिहान ६ बजेदेखि अर्को बिहान ३ बजेसम्म दैनिक सञ्चालनमा आउने छ।
नयाँ कालोपत्र गरिएपछि अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा आउने समस्या अन्त्य हुने छ ।