सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीले चेकजाँज गर्ने क्रममा आफूहरुमाथि आक्रमण गरेपछि जवाफी फायर खोलेको बताएको छ।
प्रहरीको गोली लागेर नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको घटनास्थलमै मृत्यु भएको हो।
मृतक पौडेल सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर २ धरहराका स्थायी बासिन्दा हुन्।
प्रहरीले दुई वटा मोटरसाइकलमा विप्लवका तीन कार्यकर्ता आएको र अन्य दुई जना भने भागेको जनाएको छ।